पदभार ग्रहणपछि उपेन्द्र यादवले भने -पार्टीले निर्णय नगरी सरकार छाड्नेबारे केही बोल्दिन



काठमाडौं । कानुनमन्त्री उपेन्द्र यादवले सोमबार पदभार ग्रहण गरेका छन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका यादवले सोमबार कानुन मन्त्रालय गएर पदभार ग्रहण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको काम सन्तोषजनक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनलाई कानुनमा सरुवा गरिदिएका थिए । पदभार ग्रहणपछि मन्त्री यादवले मन्त्रालय परिवर्तन प्रधानमन्त्रीको कायक्षेत्राधिकारको कुरा भएकाले केही नबोल्ने बताए ।

उनले भने, ‘मन्त्रालय परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्रको कुरा हो, यसबारेमा उहाँले परामर्श गरिरहनुपर्दैन।’ उनले आफूलाई सबैतिर अनुभव बटुलोस् भनेर प्रधानमन्त्रीले स्वास्थ्यबाट कानुनमा पठाएको बताए ।

उनले सरकार छाड्नेबारे पार्टीले केही निर्णय नलिएको भन्दै पार्टीले निर्णय नगरी यसबारेमा अहिल्यै केही नबोल्ने बताए । पदभारपछि मन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।  उनले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई आग्रह गरे ।

यादवले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट