काठमाडौं ।‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ ।
महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिन धर्नामा बस्नु परेको बताएका छन् ।
महासंघका अध्यक्ष रवि सिंहले सो नियमावली संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाउनु भएको प्रतिवद्धता ४ महनिा पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानु परेको बताए ।
महासंघले नियमावली संशोधन नभए दोस्रो चरण अन्तर्गत कालोझण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठूला उपकरण सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्नेलगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया