सरकारसँग वार्ता गर्न समाजवादी पार्टीद्वारा समिति गठन, परामर्श नगरी मन्त्रिपरिषद पुनर्गठन गरेकोमा आपत्ति



काठमाडौं । समाजवादी पार्टीले आफूहरुसँग कुनै परामर्श नगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका पार्टीले जनाएको छ ।
यस्ता छन् समाजवादी पार्टीको पदाधिकारी बैठकका निर्णय
. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।

. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी ने.क.पा. सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।

३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा जोमसोम मुक्तिनाथ पर्वत शृङ्खला

मुस्ताङको जोमसोम मुक्तिनाथ मार्गमा पर्ने पर्वत शृङ्खला । तस्बिरः धर्मेन्द्र झा/रासस

सगरमाथा संवादमा ४० देशका प्रतिनिधिको सहभागिता हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा

चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १० पात्लेखेत जोड्ने