उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग



काठमाडौं । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे प्रतिवेदन माग गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले शुक्रबार निवर्तमान सभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउनुका कारणबारे कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

निवर्तमान सभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाउँ भन्ने आग्रहसहित निवेदन बिहीबार दर्ता गरेका थिए । प्रतिवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना शुरु

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता हुनका

रानी–जमरा–कुलरिया सिँचाइको काममा ठेकेदारको लापरबाही, १० वर्षमा १८ प्रतिशत काम

भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको

भरतपुर महानगरको न्यायिक समितिद्वारा आठ महिनामा चार मुद्दा फैसला

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा