निर्माण व्यवसायीका माग पूरा गर्ने मन्त्री नेम्वाङको आश्वासन



काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री नेम्वाङले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरुको समस्या समाधान गर्ने आश्वासन दिएका हुन् ।

कुनैपनि नीति निर्माण गर्दा वैज्ञानिक ढंगले गरिने भएकाले व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए र निर्माण व्यवसायीहरुले नवनियुक्त मन्त्री नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमालीको आठौं संशोधनपछि आफूहरु कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए ।

उनीहरुले बैंक क्रेडिट राख्नु पर्ने व्यवस्थामाथि पुनर्विचार गर्नसमेत आग्रह गरेका छन् । निर्माण व्यवसायीहरुले एकसाता देखि सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनले व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । मच्छिन्द्रनाथको भोटो

आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिनको माग गर्दै न्यायपरिषदमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई रौतहट बम विस्फोटमा

तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी

काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ