‘सगरमाथा संवाद सचिवालय’ स्थापना



काठमाडौं । सरकारले ‘सगरमाथा संवाद’ कार्यक्रम संचालनका लागि ‘सगरमाथा संवाद सचिवालय’ स्थापना गरेको छ । कार्यक्रमलाई सफल बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुँदैछ ।

‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री ज्ञवालीले कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पारे ।

संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन सहयोग पुग्ने सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा