यस्ता छन् नवनियुक्त मन्त्रीका प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुले बिहीबार विहान पद तथा गोपनियताको सपथ लिएँसँगै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका लागि मन्त्रालयमा जाँदै गर्दा मन्त्रीहरुलाई स्वागत गर्न कर्मचारीहरुबीच तँछाडमछाड भयो ।

त्यसैबेला मन्त्रीहरुले पनि को भन्दा के कम भनेझैं प्रतिवद्धता भने ठूलै गरेका छन् । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने प्रतिवद्धता गरे । नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने दाबी गरे ।

उनले काठमाडौंको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको बताए । उनले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने पनि बताए ।

त्यस्तै, नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागिपर्नेसमेत बताए ।

त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताए । त्यस्तै, नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहणपछि बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव स्वीकृत गरेका छन् ।

त्यसक्रममा मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने बताए ।

त्यसैगरी नवनियुक्त कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चोरमारामा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएको छ ।

कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

मकवानपर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको

धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा