साधारण तारेखमा रिहाईको माग गर्दै पूर्वसभामुख महराले दिए उच्च अदालतमा निवेदन



काठमाडौँ । संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म (पुर्पक्ष) थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध महराले बिहीबार पुनरावेदन दर्ता गराएका हुन्। डिल्लीबजार कारागारमा रहेका महराले जिल्लाको आदेश उपर पुनरावेदनमा नजाने मनस्थिति बनाए पनि कानुन व्यवसायीसँग परामर्श गरेपछि निवेदन दिएका हुन्।

असोज १२ गते बेलुका तीनकुनेस्थित महिला कर्मचारीको कोठमा पुगेर जबरजस्ती गरेको आरोपमा महरा सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका थिए।

करणी प्रयास गरेको विषयमा पीडित महिलाबाटै बाहिरिएपछि उनले असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धमा अमेरिकी उपमन्त्री नुल्यान्डको चासो

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका

‘स्पेसल प्लानिङ प्लेटफर्म’ मा १३ देशका उच्च अधिकारी सहभागी हुने

काठमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ आयोजना गरिने

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौं । सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ

राहदानीका लागि अब प्रि–इनरोलमेन्टको व्यवस्था

काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन