साधारण तारेखमा रिहाईको माग गर्दै पूर्वसभामुख महराले दिए उच्च अदालतमा निवेदन



काठमाडौँ । संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म (पुर्पक्ष) थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध महराले बिहीबार पुनरावेदन दर्ता गराएका हुन्। डिल्लीबजार कारागारमा रहेका महराले जिल्लाको आदेश उपर पुनरावेदनमा नजाने मनस्थिति बनाए पनि कानुन व्यवसायीसँग परामर्श गरेपछि निवेदन दिएका हुन्।

असोज १२ गते बेलुका तीनकुनेस्थित महिला कर्मचारीको कोठमा पुगेर जबरजस्ती गरेको आरोपमा महरा सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका थिए।

करणी प्रयास गरेको विषयमा पीडित महिलाबाटै बाहिरिएपछि उनले असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन

बाढीले सडक बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

सप्तरी । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक