नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्वारा पद तथा गोपनियताको सपथ
काठमाडौं । पुनर्गठित मन्त्रिमण्डलमा नियुक्त नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई बिहीबार मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए । सपथ ग्रहणका लागि राष्ट्रपति निवास शीतल भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले तीन जना राज्य मन्त्रीहरूलाई शपथ गराएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।