मन्त्रिपरिषद् पुनर्गठनअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डद्वारा राष्ट्रपतिसँग भेट



काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

आज बिहान शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग उनीहरुले भेट गरेका हुन् । राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले हिजोको मन्त्रीपरिषद बैठकमा पनि आज मन्त्रीपरिषद हेरफेर गर्ने भन्दै मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रम नराख्न निर्देशन दिएका थिए। हेरफेर हुने मन्त्रीहरुको नाम टुंगिएपछि त्यसलाई अनुमोदन गरी अन्तिम रुप दिन पार्टीको सचिवालय बैठक पनि बोलाइएको छ ।

बिहान ९ बजे बस्ने भनिएको बैठक नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले दिउँसो साढे १२ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले

विद्युतीय अपराधको आरोपमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार