प्रधानमन्त्रीले आफूहरुलाई भेट नदिएको भन्दै मृगौला पीडित आक्रोशित



काठमाडौं । मृगौला पीडितहरुले आफूहरुलाई उपलब्ध गराउँदै आएको सम्पुर्ण सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दे प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् ।

मृगौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिंदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरु प्रधानमन्त्रीसंग भेट्न नपाएपछि रुष्ट बनेका थिए ।

प्रधानमन्त्री स्वयम् मृगौला पीडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिए । प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मृगौला पिडितहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश पोखे ।

पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।

उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । प्रधानमन्त्रीसंग भेटगर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघरमण्डलासम्म आएका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया