जब नागरिकसँगै नाचे पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं । प्रकृति प्रेमी र साहित्यिक रूझानका पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानीमा नाचेर आफूलाई संगीत प्रेमीका रूपमा पनि प्रस्तुत गरेका छन् ।

रातो र चन्द्र सूर्यलगायतका गीतमा राजा ज्ञानेन्द्र पूरै जिउ मर्काउँदै, हात हल्लाउँदै आमदर्शकसँगै खुलेर नाचेका दृश्यहरू अहिले सामाजिक सञ्जालमा भाईरल भएका छन् ।

एक रात्रिकालिन समारोहका दौरान परिवारका सदस्यसहित सहभागी उनीसँग नागरिकहरू खुसीसाथ हात समाई समाई नाचेका दृश्यहरू सामाजिक सन्जालमा आएका छन् ।

रसिक मुडमा देखिएका पूर्व राजा शाहले नागरिकसँग हातमा हात समातेर नाच्दै, गीत गाएको तथा उन्मुक्त भएर गीत संगीतमा झुमेको समेत दृश्यहरूमा देखिन्छ ।

कुनै पनि समारोहमा यसरी खुलेर नाच्नु, गाउनु र नागिरकसँग रमाउनु भएको यो पहिलो दृश्य भएकोले पनि हुनसक्छ, सामाजिक सन्जाल पूर्व राजाको नाचमय भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण

नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।