नेपाली भूमि फिर्ता गराउन भारतलाई पाँच दिनको अल्टिमेटम
काठमाडौं । भारतले नेपाली भूमि मिचेर आफ्नो नक्सातर्फ पारी प्रकाशित गरेको भ्रामक मानचित्र तत्काल शून्य घोषणा गराउनका सरोकारवालाहरुले माग गरेका छन् ।
त्यसका लागि स्वतन्त्र राष्ट्रिय अभियान नेपाल, हण्ड्रेस् ग्रुप, मिसन नेपाल र परिवर्तनका लागि हाम्रो आवाज समेतको संयुक्त बैठक बसी नेपाल सरकार र भारतीय दूतावासलाई पाँच दिनको अल्टिमेटम सहित ज्ञापनपत्र प्रदान गर्ने, देशभर प्रदर्शन गर्ने, भूमि मिचिएको सीमास्थलमा मानव साङ्लो तयार गर्ने, भारतीय दूतावास अघि अभियन्ता केएन बस्याल आमरण अनसन बस्ने र मिचिएको सीमामा काँडे तार लगाउने अभियान शुरु गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।