काम नगर्ने ठेकेदारविरुद्ध चरिकोटबासीको आक्रोस, फोटोमा हेर्नुस्



काठमाडौं । नगरकोट सडक कालोपत्रे नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो बिजुलीका पोलपोलमा र सवारी साधनमा टाँसेर ठेकेदार थर्काउने नयाँ शैली अन्यत्र पनि सुरु भएको छ ।

यस्तै काम नगर्ने ठेकेदारको फोटो टाँसेर विरोध गर्ने शैली दोलखा चरिकोटका बासिन्दाले पनि सुरू गरेका छन् । सिन्धुपाल्चोकको खाडीचौर चरिकोटमा चल्ने गाडी, पोल र चोकमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर शनिबार स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।

सिन्धुपाल्चोक खाडीचौर मुडे २५ किलोमिटर र मुडे चरिकोट ३० किलोमिटर सडक बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिइएको थियो ।

पहिलो प्याकेज खाडीचौर मुडे सडक भारतीय कम्पनी सीमाञ्चलसहित नेपाली कम्पनी गौरा पार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएको भएपनि समयमै काम पूरा गरेका छैनन् । जसका कारण सवारी आवागमनमा समस्या हुँदै आएको छ ।

फोटोः सुवास बस्नेत र भीमसेन थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा

कर्णाली । बाढीपहिरोले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र

पाँचथरमा बाढीपहिरोमा परी मृत्यु भएका २६ जनाको सनाखत

पाँचथर । पाँचथरमा बाढीपहिरोका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ ।

बाढी पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिको आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धान बाली र विविध भौतिक

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ ।