काम नगर्ने ठेकेदारविरुद्ध चरिकोटबासीको आक्रोस, फोटोमा हेर्नुस्



काठमाडौं । नगरकोट सडक कालोपत्रे नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो बिजुलीका पोलपोलमा र सवारी साधनमा टाँसेर ठेकेदार थर्काउने नयाँ शैली अन्यत्र पनि सुरु भएको छ ।

यस्तै काम नगर्ने ठेकेदारको फोटो टाँसेर विरोध गर्ने शैली दोलखा चरिकोटका बासिन्दाले पनि सुरू गरेका छन् । सिन्धुपाल्चोकको खाडीचौर चरिकोटमा चल्ने गाडी, पोल र चोकमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर शनिबार स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।

सिन्धुपाल्चोक खाडीचौर मुडे २५ किलोमिटर र मुडे चरिकोट ३० किलोमिटर सडक बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिइएको थियो ।

पहिलो प्याकेज खाडीचौर मुडे सडक भारतीय कम्पनी सीमाञ्चलसहित नेपाली कम्पनी गौरा पार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएको भएपनि समयमै काम पूरा गरेका छैनन् । जसका कारण सवारी आवागमनमा समस्या हुँदै आएको छ ।

फोटोः सुवास बस्नेत र भीमसेन थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट