प्रधानमन्त्री ओलीको तेस्रो पटक गरियो हेमोडायलासिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः हेमोडायलासिस गरिएको छ । शनिबार बिहान ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको तेस्रो पटक हेमोडायलासिस गरिएको हो । डायलासिस पछि प्रधानमन्त्री ओली अपरान्ह बालुवाटार फर्किएका छन्।

हेमोडायलासिसपछि अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो रहेको जानकारी दिएका छन् ।

मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमै यसअघि दुई पटक हेमोडायलासिस गराएका थिए । १२ वर्षअघि प्रत्यारोपन गरेको मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि पछिल्लो समय प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा डायलासिस गराउँदै आएका छन्।
मिर्गौला प्रत्यारोपणपछि १२ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्ला केही वर्षदेखि समस्या देखिँदै आएको छ। प्रधानमन्त्री ओलीले यसअघि गत भदौंमा सिंगापुर पुगेर उपचार गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा