पूर्वमन्त्री आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश



रौतहट । जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोट घटनामा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले आठ दिन लगाएर बहस गरेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथी थियो ।

आलम नेपाली कांग्रेसका रौतहटबाट संघीय संसदका लागि निर्वाचित सांसद हुन् । गाउँबाट हराएका दुई युवाका आफन्तले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए । घटनालगत्तै जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल बन्द गरेको थियो ।

तर पीडितका आफन्तले सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि घटनाका पुनः अनुसन्धान गर्न सात वर्षअघि आदेश भएको थियो । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले अनुसन्धान गर्दै आलमलाई पक्राउ गरेको थियो।

प्रहरीले आलमसहित ११ जनालाई प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । यस घटनाका अन्य १० जना फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको