सार्वजनिक बसमा भ्रमण वर्षको लोगो टाँसिने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि सार्वजनिक बसमा भ्रमण वर्षको लोगो टाँसिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले भ्रमण वर्षको स्टिकर र लोगो यातायात व्यवसायीलाई हस्तान्तरण गरेका हुन् ।

लोगो वितरण गर्दै मन्त्री भट्टराईले उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण वर्षबारे तालिमको व्यवस्था गरिने बताए ।

उनका अनुसार सार्वजनिक यातायातका यात्रु, चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सय जना स्वयमसेवक समेत परिचालन गरिनेछ ।

त्यस कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीले गर्नेछन् । नेपालभर करिब तीन लाखको संख्यामा सार्वजनिक बस सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष

बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको