सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने संसदीय समितिको निर्णय



काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्याउने निर्णय गरेको छ । हरेक वर्ष ६/६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो ।

संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीहरुको उमेर अहिले ५८ वर्ष छ । संसदीय समितिले नेपाली नागरिकको औषत आयु बढ्दै गएकाले कर्मचारीको उमेर हद पनि बढाउने निर्णय गरिएको जनाएको छ ।

अब यो विधेयक संसदमा प्रस्तुत हुनेछ । राज्य व्यवस्था समितिका सदस्य डिला संग्रौलाले कर्मचारीको उमेर हदसम्बन्धी विवाद टुंगो लागेको जानकारी दिइन् । सरकारी सेवामा रहेका अन्य कर्मचारीको अवकाश उमेर हद साठी रहेकोले एकरुपता ल्याउन साठी पुर्याइएको हो ।

स्वास्थ्य सेवा तथा संसद सेवामा पनि अवकाशको उमेर हद पनि ६० वर्ष छ । लोक सेवा आयोगले पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गर्न पहिले नै सुझाव दिएको थियो ।

समितिको निर्णयमा वि.सं. २०१८ मा जन्म मिति भएका कर्मचारीहरु ५८ वर्ष ६ महिना उमेर पुरा भएपछि अवकाशमा जानेछन् । त्यसैगरि वि.सं. २०१९ मा जन्म मिति भएका कर्मचारीहरुले ५९ वर्ष ६ महिना उमेर पुरा भएपछि अवकाश पाउनेछन् ।

त्यसपछि वि.सं. २०२१ जन्म मिति भएका कर्मचारीले ६० वर्ष उमेर पुरा भएपछि अब अवकाश पाउनेछन् । समितिले लोकसेवा आयोगले समेत दिएको सुझावका आधारमा निजामती कर्मचारीहरुको उमेर हद ६० वर्ष पुर्याउने निर्णय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी जावलाखेल पुर्याइएको रातो मच्छिन्द्रनाथको रथ(फोटोफिचर)

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार

यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ

बजेटमा कर्णालीः पुराना योजनामा बजेट थप गरेर कामको निरन्तरता

कर्णाली । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्,

मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रूपमा विकास गरिने

काठमाडौँ । सरकारले सार्वजनिक सेवाको प्रभावकारिता बढाउन र विकासलाई नतिजामुखी बनाउन प्रधानमन्त्री तथा