सांसदहरुलाई पर्यटनमन्त्रीको आग्रहः विमानस्थलको भिआइपी कक्ष प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर नहेर्नुस्



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको बिकल्प नरहेको बताएका छन् ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको चापलाई व्यवस्थापन गर्न पनि प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थललाई छिट्टै निर्माण गर्ने दृष्टिकोणका साथ सरकारले काम गरिरहेको बताए ।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको हवाई उडानको चापलाई ध्यानमा राखेर प्रस्तावित सो विमानस्थलको कामलाई अघि बढाउन सबै राजनीतिक दलहरुको सहमति रहेको बताए ।

केही ठूला नेता र सांसदहरुले विरोध गरेपनि विमानस्थल बनाउनुको बिकल्प नरहेको मन्त्री भट्टराईको भनाई थियो । मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गरे ।

बैठकमा सांसदहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुले आफूहरुमाथि हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सांसद, मन्त्रीहरुले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गरे ।

उनले विमानस्थलको भिआईपी कक्षको प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर सांसदहरुले हेर्न नहुने बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अग्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै पार्टीका सांसद प्रमोदकुमार यादवमाथि मुद्दा चलाइएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने