बेटी पढाऊ, बेटी बचाऊ अभियानप्रति अमेरिकी चासो



जनकपुरधाम । प्रदेश दुई सरकारले संचालनमा ल्याएको महत्वाकांक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ ।
प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत र्याण्डी बेरी आफैं जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन् ।

तीन दिनदेखी जनकपुरमा रहेका राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोलीसंग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएका कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिइन् ।

प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा, महिलाहरुको लागि लोक सेवा कक्षाको तयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा लोडसेडिङको अन्त्य गर्ने काम ओलीले गर्नुभयो, जस अरुले लिएः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको

बीआरआईको विषयमा तत्काल हस्ताक्षर गर्नु नेपालको हितमा हुँदैनः नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बीआरआईको विषयमा तत्काल हस्ताक्षर गर्नु नेपालको

दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

रसुवा । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । कालिका

तस्बिरमा हेर्नुस् एमालेको प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट सुरु भएको