डा. केसीका माग पूरा भइसके: प्रसाइँ



काठमाडौं । विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले डा. गोविन्द केसीका माग पूरा भइसकेकाले अनसनको औचित्य नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कारमा प्रसाइँले सरकारले केसीका माग पूरा गरिसकेकाले केसीले अनसन बस्नुको औचित्य नभएको बताएका हुन् ।

उनले भने, ‘केसीको आन्दोलन एउटा डीन नियुक्तिबाट सुरु भयो, शक्तिशाली चिकित्सा शिक्षा आयोग गठनको माग गरे, त्यसमा हामी पनि लाग्यौं र त्यो गठन भयो । उहाँका सबै माग पूरा भएका छन् । अनि उहाँले उपत्यकामा मेडिकल कलेज खोल्न दिनु हुँदैन भन्नुभयो । दूरदराजमा जाऔं भन्नु भयो त्यसपछि गोविन्द केसी भन्दा एक सय गुणा अघि बढेर विएण्डसी कलेज खोलें तर मैले लाइसेन्स पाइन । यो मेरो पीडा कसले सुन्ने ?’

उनले सरकारले २०६८ सालमा मेडिकल कलेज खोल भनेर अनुमति दिएको तर आज २०७६ सालसम्म आउँदा लाइसेन्स नपाएको भन्दै गुनासो गरे । उनले भने, ‘मैले एक हजार जनालाई रोजगारी दिएको छु म चाहि माफिया रे कसरी म माफिया भएँ ? मैले मेडिकल कलेज खोल्न खोज्दा र क्यान्सर अस्पताल खोल्नु अपराध हो ? तपाइँहरुले नै भनिदिनुस् ।’

उनले डा केसीका माग पूरा भइसकेकाले अब राखेका माग जायज नभएको बताए । उनले जहिले पनि गोविन्द केसीमा माग पूरा गर्नुपर्यो भनेर हिंड्नु आवश्यक नरहेको बताए । उनले गोविन्द केसीलाई अनसनमा राखेर को को मानिस अघि बढे? त्यो घाम जतिके छर्लंग भएको बताए ।

गोविन्द केसीको माग काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्नुपर्छ भनेको होइन ? तर मैले सुदूरपूर्वमा गएर मेडिकल कलेज खोलेको छु ,मैले किन अनुमति नपाउने त ? सबैभन्दा अन्याय र अत्याचारमा परेको व्यक्ति आफू भएको भन्दै आफूलाई माफिया नभन्न आग्रह गरे । शिक्षा र स्वास्थ्यका नाममा अर्बौं रुपैयाँ बाहिर गएको भन्दै देशभित्र मेडिकल कलेज खोल्ने अभियानमा लाग्नुपर्नेमा त्यसो नभई विरोध हुनु आपत्तिजनक भएको बताए । उनले डा केसी अनसन बसेर चिकित्सा शिक्षा आयोगलाई काम गर्न नदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घटना मिलापत्र गराउन खोज्दा र प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवीले प्राण त्यागिन्

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुर। पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ

यसवर्ष नवलपरासीमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन