नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । सोमबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको बताए ।

उनले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न सरकार लागि परेको बताए । मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानीलगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले सो भूमि गुमाउनु पर्छ कि भनेर चिन्ता लिईरहन नपर्ने बताए ।

बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराए ।

उनले दुई मुलुकबीचको सीमा समस्या समाधानको कामलाई अघि बढाउँदा सरकारले डुवान समस्या समाधानमा पनि ख्याल गर्नुपर्ने बताए । बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

-वासुदेव पौडेल, गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा,

काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्तमा एक हजार १२९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वद्यिालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज

अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे