उपनिर्वाचनमा ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने, नौ जना महिला उम्मेदवार



काठमाडौं । आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोे आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ

लिच्छविकालिन इखा पुखुलाई यस्तो बनाउँदैछ महानगर(भिडियोसहित)

बालेन साह । काठमाडौं महानगरपालिकाका वडा नम्बर १७, १८ र २५ को बीचमा

घटना मिलापत्र गराउन खोज्दा र प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवीले प्राण त्यागिन्

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद