बेलायती अभिनेत्री लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त



काठमाडौं । ब्रिटिस गोर्खाको समान हकको पक्षमा बेलायतमा न्यायिक लडाई लडेर नेपालीमाझ लोकप्रिय बनेकी चर्चित बेलायती अभिनेत्री जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् ।

बेलायत भ्रमणमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बेलायतको संसद भवनमा आयोजित एक समारोहमा उनलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

बेलायतको हाउस अफ लर्डस (माथिल्लो सदन)मा आयोजित सो समारोहमा नेपाल भ्रमण वर्ष सफल बनाउन चर्चित तथा महत्वपूर्ण व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गरिएको नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दीपकुमार बर्मा र बेलायतकै धनाढ्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको छ ।

बेलायतमा आयोजन भएको पर्यटन मेलामा भाग लिन गत साता लण्डन पुगेका मन्त्री भट्टराई बेलायतका बिभिन्न राजनीतिक नेता, सरकारी अधिकारी र आरोहीहरुसँग पनि भ्रमण वर्षका सन्दर्भमा छलफल र लबिङ गरेका छन् ।

नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख र्पुयाउने लक्ष्य भेटाउन मन्त्री भट्टराई एक साताभर लण्डनमा नेपाल प्रवद्र्धन कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१५ दिन अगावै नेपाल भित्रियो मनसुन

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट

जेठ २० देखि असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार, १९ दिन बैठक बस्ने

काठमाडौं । कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका

नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा

राजावादीहरुद्वारा माइतीघर क्षेत्रमा प्रदर्शन

काठमाडौं । राजावादीहरूको दोस्रो दिन शुक्रबार पनि काठमाडौंमा आन्दोलन जारी राखेका छन् ।