कांग्रेस सभापतिको भारतीय राजदूतसँग संवादः नेपाली भूमि अतिक्रमण अस्वीकार्य



काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गरी आपत्ति जनाएका छन् ।

टेलिफोन संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काङ्ग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा प्रष्ट रहेको उल्लेख गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ ।

यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने काङ्ग्रेसको दृष्टिकोण रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवरुद्ध पूर्व-पश्चिम राजमार्गमा यातायात संचालन

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा यातायात संचालन आएको

अर्ब बढीको दमकको भ्यूटावरले कसरी तिर्ला साँवाब्याज ?

-नारायण गाउँले यसवर्ष पनि देशको टोटल आम्दानीबाट पूँजीगत (विकास) खर्चका लागि एक सुका

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको उद्वार, एउटा टिपर डुब्यो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको

‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीद्वारा गण्डकीमा यातायात ठप्प

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको विरोधमा आज यातायात