‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौंमा आयोजना हुने



काठमाडौं । नेपालमा ‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरुको मानव अधिकार हनन् हुन नदिने उद्देश्यका साथ यही कार्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सम्मेलनमा आप्रवासी कामदारहरुले काम गरिरहेका मुलुकका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रका कार्यरत अन्तराष्ट्रिय संघ, संस्था र सामाजिक संघ, संस्थाहरुका प्रतिनिधिहरु सहभागी हुने आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए ।

आयोगले सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एशिया तथा एशिया प्रशान्त क्षेत्रका मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धि ५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोगका सदस्य पाठकका अनुसार आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार आयोगलाई पनि आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणका लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न आग्रह गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको