सशस्त्र प्रहरी निरीक्षकसहित वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित चार जना सुरक्षाकर्मी र एक जना वडासचिवविरुद्ध आरोपपत्र दायर गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दारद्वय ज्ञानबहादुर चौधरी र ज्ञानेन्द्रकुमार मौर्य तथा सशस्त्र प्रहरी जवान रतिराम चौधरी र वडासचिव लोकराज बरालविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले नेपाल–भारत सीमा भएर आवतजावत गरेका नेपाली नागरिकलाई घरायसी प्रयोजनका सामान भारतबाट खरीद गरेर ल्याउँदा घुस लिएका तथा वडा सचिव बरालले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर २०५९ सालदेखि नेपाल सरकारको प्रशासन सेवामा रहेर बद्नियतपूर्वक सेवा सुविधा प्राप्त गरिरहेको पुष्टि भएपछि पाँचै जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

मनास्लु क्षेत्रमा ९ महिनामा आठ हजार विदेशी पर्यटक

  गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिनाको अवधिमा आठ हजारभन्दा