नयाँ नक्सा प्रकाशनले भारतीय साम्राज्यवादी चरित्र अरु उदाङ्गो भयोः मसाल



नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालय
वक्तव्य
नेपालको लिम्पियाधुरालाई भारतको गृहमन्त्रालयले नयाँ राजनीतिक नक्सामा भारतीय क्षेत्रमा राखेको कुरा समाचारहरु सार्वजनिक भएका छन् । लिम्पियाधुरामा कालापानी र लिपूलेक समेत पर्दछन् । विगतदेखि नै सीमाक्षेत्रमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारतीय साम्राज्यवादको साम्राज्यवादी चरित्रलाई यो सिलसिलाले अरु उदाङ्गो बनाएको छ ।

भारतीय पक्षबाट सार्वजनिक गरिएको त्यो नक्साले नेपालको सार्वभौमिकतालाई चुनौति दिएको कुरा प्रष्ट छ । हाम्रो पार्टीले भारतीय साम्राज्यवादको उक्त साम्राज्यवादी नीतिको भ्रत्र्सना र विरोध गर्दछ ।


भारतीय साम्राज्यवादले आफ्नो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागभित्र पारेर सार्वजनिक गरेको भएपनि त्यससम्बन्धी नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन । यस सम्बन्धी आधिकारिक धारणा सार्वजनिक गरेर देशको सार्वभौमिकताको रक्षाको लागि आवश्यक कदम उठाउन हामी नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।

यसका साथै देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतालाई अक्षण्णु राख्दै भारतीय साम्राज्यवादलाई परास्त गर्नका लागि देशभक्त नेपाली जनताको देशभक्तिपूर्ण सङ्घर्ष र एकता नै महत्वपूर्ण शक्ति हुनेछ । हाम्रो पार्टीले सम्पूर्ण देशभक्त जनतालाई सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिनका लागि अपील गर्दछ ।


पछिल्लो समयमा सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानहरुमा भएका सडक दुर्घटनामा कैयौँले ज्यान गुमाउन पुगेका छन् । त्यसरी सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । दुर्घटनामा घाइते हुनेहरुलाई शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ । यसका साथै मृतकहरुका परिवारजनलाई क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था मिलाउनका लागि हामी सरकारको ध्यान आकर्षित गर्दछौँ ।


नेपालमा लगातार रुपमा सडक दुर्घटनाहरु हुने गरेका छन् । त्यसरी पटकपटक हुने सडक दुर्घटनाहरुबाट ठूलो जनधनको क्षति भइरहेको छ । तर सडक दुर्घटनाहरु हुन नदिन वर्तमान सडक व्यवस्था र सुरक्षामा सुधार गर्नका लागि सम्बन्धित पक्षहरुले कुनै चासो राखेको पाइँदैन ।

सडक—यातायात सम्बन्धी नियम—कानुनमा रहेका समस्याहरुले पटकपटक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । हामी सरकार र सरोकारवाला सबै पक्षहरुलाई यस सम्बन्धीका नियम कानुमा आवश्यक सुधार गरी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ध्यान आर्कर्षित गर्दछौँ ।

मिति : २०७६ कार्तिक २० गते

रामप्रकाश पुरी
प्रवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति

काठमाडौं ।  नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ ।

धूमपानविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ

-डा. प्रकाश बुढाथोकी विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृत्रिम अभ्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम

गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने विश्वास

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास