विमान लिजमा लिएर उडान भर्ने निगमको योजना, एक वर्षभित्र दुई अर्ब बचत गर्ने दाबी



काठमाडौं । नेपाल वायु सेवा निगमले एक वर्ष भित्र दुई अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिए ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने व्यवस्था गरिएको पनि बताए । उनले विगत ४ महिनायता निगमले करिव ६० करोड बचत गर्न सफल भएको दावी गरे ।

निगमले जापानको ओसाका उडान गरिएको र त्यो नाफामूलक हुने दाबी पनि गरेको छ । निगमले आगामी मार्चसम्म साउदी अरबको रियाद, चीनको ग्वाङझाउ र जापानको नारितामा पनि उडान भर्ने योजना तय गरेको छ । निगमले विमान लिजमा लिने योजना पनि अघि सारेको छ ।

जहाजहरु खरिद गर्न बुद्धिमत्ता नहुने निष्कर्ष निकाल्दै लिजमा लिने तयारी गरिएको पनि निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष खरेलले विमान खरिद गर्ने कामले कसैले पनि हित नगर्ने भएकाले अव विमान लिजमा लिएर चलाउने योजना रहेको बताए । निगमले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन उडान मूल्यलाई अझै सहज बनाउने तयारी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौं । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । झापाको

तोलामा तीन हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला

पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न आयोगको सिफारिस

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक

आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने १५ वटा ऐन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

  काठमाडौँ ।  लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक