राजनकुमार श्रेष्ठलाई साझा पार्टीले धरान मेयरको उमेदवार बनायो



काठमाडौं । साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उमेदवार बनाउने निर्णय गरेको छ ।

विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका वासिन्दा हुन् । श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दिर्घकालिन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने बताएका छन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन्। साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उमेदवार घोषणा गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  ३२

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि

एसियाली राजमार्गको पूर्वीखण्डको स्तरोन्नतिको काम सुस्त

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति