राजनकुमार श्रेष्ठलाई साझा पार्टीले धरान मेयरको उमेदवार बनायो



काठमाडौं । साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उमेदवार बनाउने निर्णय गरेको छ ।

विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका वासिन्दा हुन् । श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दिर्घकालिन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने बताएका छन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन्। साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उमेदवार घोषणा गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दर्ता, गृहमन्त्रीमाथि प्रहरी र सरकारी वकिल मौन

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक अर्बभन्दा बढी

सन्दीपविरुद्धको मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले गौशाला २६ को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

विचौलियाबाट हुनसक्ने क्रियाकलाप रोक्न हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न बारको माग

  काठमाडौँ ।  नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को