‘महराजीको गल्ती नै भएको हो, सत्य कुरा बोल्नु भएन’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वकै सरकार पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् दाङमा बुधबार विहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यो बीचमा प्रधानमन्त्री फेरिने भन्ने कुरा ‘इतिहास’ भइसकेको बताएका हुन् ।

उनले भने, ‘आलो पालो प्रधानमन्त्री हुने भन्ने कुरा त इतिहास भइसक्यो। अब यही सरकारलाई कसरी पाँच वर्षसम्म निरन्तरता दिन सकिन्छ भन्नेबारेमा सोच्ने हो ।’

अध्यक्ष प्रचण्डले प्रदेश पाँचको राजधानी पायक पर्ने दाङमै बनाउनुपर्ने बताए । त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने उनको भनाई थियो ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणका बारेमा प्रचण्डले घटना ‘आफ्नै गल्ती’का कारण भएको बताए। ‘महरा जीको गल्ती नै भएको हो। मैले आफैं पनि बुझेको हुँ। उहाँले सत्य कुरा बोल्नुभएन’ उनले भने, ‘अब यो कुरा अदालतमा गइसकेको हुनाले यो विषयमा धेरै बोल्दिनँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेस गरिने

कपिलवस्तु । कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न

झुलाघाट नाका अर्को सूचना जारी नभएसम्मका लागि बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द