‘महराजीको गल्ती नै भएको हो, सत्य कुरा बोल्नु भएन’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वकै सरकार पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् दाङमा बुधबार विहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यो बीचमा प्रधानमन्त्री फेरिने भन्ने कुरा ‘इतिहास’ भइसकेको बताएका हुन् ।

उनले भने, ‘आलो पालो प्रधानमन्त्री हुने भन्ने कुरा त इतिहास भइसक्यो। अब यही सरकारलाई कसरी पाँच वर्षसम्म निरन्तरता दिन सकिन्छ भन्नेबारेमा सोच्ने हो ।’

अध्यक्ष प्रचण्डले प्रदेश पाँचको राजधानी पायक पर्ने दाङमै बनाउनुपर्ने बताए । त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने उनको भनाई थियो ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणका बारेमा प्रचण्डले घटना ‘आफ्नै गल्ती’का कारण भएको बताए। ‘महरा जीको गल्ती नै भएको हो। मैले आफैं पनि बुझेको हुँ। उहाँले सत्य कुरा बोल्नुभएन’ उनले भने, ‘अब यो कुरा अदालतमा गइसकेको हुनाले यो विषयमा धेरै बोल्दिनँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुनजन्य विपदमा २० लाख जनसङ्ख्या प्रभावित हुने अनुमान

काठमाडौँ । आगामी मनसुनजन्य विपद्का कारण करिब २० लाख जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण

के छ तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदनमा ?(पूर्णपाठ)

काठमाडौँ । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे

बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिमा ढिलाइ हुँदा सौराहाको पर्यटन व्यवसाय प्रभावित

चितवन । पश्चिम नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिको

प्रचण्डलाई ओलीको फोनः सदन संचालनमा सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद संचालनको वातावरण बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई