‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्, सरकारले तत्काल गम्भीर पहलकदमी गरोस्’



काठमाडौं । नेपालको कालापानी समेत भारतीय भूभागमा पारिएको नयाँ नक्सा भारतले सार्वजनिक गरेपछि सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुले भारतीय कदमको विरोध गरेका छन् ।

नेकपाका सांसद् भीम रावलले यसबारे धारणा बनाउन सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् । उनले यस बिषयमा नेपाल सरकारले तत्कालै गम्भीर रूपमा भारतीय पक्षसँग कुरा गर्नुपर्ने र आफ्नो भूभाग मिचिनेगरी कुनै पनि मुलुकले एकतर्फी रूपमा नाक्सा कायम गर्ने कुराको नेपाल सरकारले आपत्ति जनाउनुपर्ने बताएका छन् ।


नेपाली कांग्रेसले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै ध्यानकर्षण भएको ट्विट गरेका हुन् । उनले लेखेका छन्, “कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोकाबारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ ! “

नयाँ दिल्लीले जारी गरेको नयाँ नक्समा लिपुलेक भारतमा पारिएको बताइएको छ । तर, नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन । नेपाल तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ्सँग बेइजिङ्मा एक समझदारी हुँदा पुनः सुरू भएको थियो ।

नेपालसँगको सहमति बिनै गरिएको उक्त सम्झौताको एउटा बुँदामा भनिएको थियो ’…दुवै पक्ष व्यापार वस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्लारलिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए।’ ५ हजार ५ सय ३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दुका रुपमा रहेको बताइन्छ, जुन लिपुलेकभन्दा अझै पश्चिम उत्तरमा पर्छ।

तर सुगौली सन्धिमा अस्पष्टता रहेको भन्दै त्यहाँको विवाद सुल्झन सकेको छैन।
उक्त सन्धिमा नेपालको पश्चिमी सिमाना काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन । सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा बुझ्ने काम भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

काठमाडौं। सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबारको

मिश्रलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै

गभर्नर नियुक्ति गिजोलिँदै, पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियालाई लिएर डा. विश्व पौडेलविरुद्ध मंगलबार

सगरमाथा संवादमा १२ देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने

काठमाडौं ।  नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने