१३ करोड राजश्व छलीको अभियोगमा चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्स्ट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् । राजश्व चुहावट गरेको अभियोगमा १३ करोड १३ लाख ११ हजार रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनीहरु अहिले प्रहरी हिरासतमा छन् । उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको छ ।

उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ एक करोड १४ लाख राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ । उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब

हतियार सफा गर्ने क्रममा गोली लागेर चितवनमा एक सैनिक जवानको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको

विद्यालय शिक्षा ऐन जारी गर्न तत्काल विशेष अधिवेशन आह्वान गर्न समाजवादी मोर्चाको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली