प्रधानमन्त्रीका निजी चिकित्सक शाह चिकित्सा शिक्षा आयोगमा मनोनित



काठमाडौं । चिकित्सा शिक्षा आयोगले पूर्णता पाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार सोमबार संस्था र व्यक्तिलाई मनोनीत गरिएको हो । चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिमध्येबाट ३ जनालाई नियुक्ति दिइएको छ ।

त्यसमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत यादव रहेका छन् । त्यस्तै स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेसागत संगठनबाट एक महिलासहित २ जनाले नियुक्ति पाएका छन् ।

त्यसमा नेपाल नर्सिङ संघका अध्यक्ष तारा पोखरेल र एसोसिएनसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिस्ट अफ नेपालका अध्यक्ष शेखरबाबु रिजाल रहेका छन् । नागरिक समाजका लब्ध प्रतिष्ठित व्यक्तिबाट डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङ रहेको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षासम्बन्धी विज्ञबाट डा. दिव्यासिंह शाह, डा. शैली प्रधान र डा. जगदीशप्रसाद अग्रवाललाई मनोनित गरिएको छ । ऐनमा प्रधानमन्त्री आयोगको अध्यक्ष, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री सहअध्यक्ष हुने व्यवस्था छ ।

त्यस्तै उपाध्यक्षमा श्रीकृष्ण गिरी नियुक्त भइसकेका छन् । राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य, शिक्षा र स्वास्थ्य सचिव, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, सीटीईभीटीका उपाध्यक्ष, आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष, नेपाल मेडिकल काउन्सिलका अध्यक्षलगायत सदस्य रहने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्कास्पद वस्तु फेला नपरेपछि भिस्तारा एयरको विमानलाई खतरामुक्त घोषणा

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ ।

यस्ता छन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धि

काठमाडौं ।  रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण,

भिस्ताराको विमानमा अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला परेन

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि