सांसद आलमविरुद्ध मानिसलाई ज्युँदै इँट्टाभट्टामा जलाएर मारेको अभियोगमा मुद्दा दर्ता



रौतहट । बम बनाउने क्रममा विष्फोट भइ घाइते भएकालाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा कांग्रेस सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध अभियोग दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार छन् ।

उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ । सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

त्यस्तै सरकारी वकिल कार्यालयले घाइतेहरुलाई जिउँदै जलाएको अभियोगमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ। यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्सामा जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

वीरगञ्ज । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली

प्रधानमन्त्रीले लिए मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम

शेखरको प्रश्नः के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको

यस्ता छन् मन्त्रिपरिषद बैठकका २८ निर्णय

काठमाडौं । सरकारले एकैपटक १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको