बर्खास्तीमा परेका प्रदेश प्रमुखमाथि नेकपाका नेता विष्णु रिजालले लगाए यस्ता आरोप



विष्णु रिजाल

सरकार गठन भएको २० महिनामा अघिल्लो सरकारका पालामा राजनीतिक सहमतिबिना एकलौटी रुपमा नियुक्त गरिएका प्रदेश प्रमुखहरु फेरिएका छन् ।

निर्वाचन भएर कम्युनिस्ट पार्टीको नयाँ सरकार बन्ने निश्चित भइसकेपछि उनीहरुसँग सामान्य विमर्श पनि नगरी र उनीहरुको सहमतिविपरीत कांग्रेसको काम चलाउ सरकारले आफ्ना कार्यकर्तालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

नयाँ सरकार आउनासाथ तिनलाई जसरी आएका हुन्, त्यसरी नै विदा गर्नुपर्ने थियो । तर, के कारणले हो, यतिका लामो समयसम्म सरकार उनीहरुका बारेमा मौन रहेको थियो । यसबीचमा सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल कीर्ते कागज गरी सर्वसाधारणलाई उठीबास गराउने र गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर मिटर ब्याजको पैसा नउठ्दा गुण्डा लगाएर पैसा असुल गर्ने काममा संलग्न भएका समाचारहरु सार्वजनिक भए पनि सरकारले केही नगरी बसेको थियो ।


ढिलो भए पनि सही निर्णय भएको छ । अंग्रेजीमा एउटा भनाइ छ, ‘Better Late Than Never’ अर्थात् निर्णय नै नुहुनुभन्दा ढिलो भए पनि राम्रो निर्णय हुनुलाई राम्रो भनिन्छ ।


राजनीतिक आस्था, प्रतिबद्धता र संलग्तनाका कारण सरकारी पदमा नियुक्त हुनेहरुले आफूलाई नियुक्त गर्ने सरकार फेरिनासाथ नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने मेरो मान्यता रही आएको छ । यो नै राजनीतिक संस्कृति हो । यसबाट नयाँ सरकारलाई काम गर्नमा सहजता हुन्छ ।


अब नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा गैरसरकारी संस्थामा काम गर्ने र सरकारी पेन्सन पकाएर निस्किएकाहरुलाई होइन, राजनीतिक पद भएका कारण निष्ठा, इमान र समर्पणका साथ लामो राजनीतिक जीवन बिताएका, अनुभवी र पाका मानिसहरुलाई प्राथमिकता दिनुपर्दछ ।

रिजाल नेकपाका केन्द्रीय सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य

सैनिक–नागरिक सम्बन्धका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिँदै सेना

काठमाडौं । नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा

आँधीखोला जलाशययुक्त आयोजनाको अध्ययन छिटो सम्पन्न गर्न उर्जामन्त्रीको निर्देशन

काठमाडौं । सरकारले हरेक प्रदेश एक गौरवका आयोजनाका रुपमा समेत राखेको आँधीखोला जलाशययुक्त

डा. शिलु श्रेष्ठ राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा नियुक्त

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालले डा. शिलु श्रेष्ठलाई सरकारले राष्ट्रिय ट्रमा