नेकपाले छान्यो उम्मेदवार, कास्कीमा विद्या, भक्तपुरमा ढकाल र दाङमा वली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेकोे नेकपा सचिवालय बैठकले भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।