म गम्भीर सिकिस्त विरामी चाहिं भएको होइनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । शनिबार पार्टीको सचिवाल बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै सिकिस्त विरामी भने नभएको बताएका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने, ‘प्रधानमन्त्रीज्यूले स्वास्थ्यका बारेमा जानकारी गराउनुभएको छ, म गम्भीर सिकिस्त विरामी भएको होइन, समस्या आएर डायलासिस गराउनु भएको तपाइँहरुले थाहै पाउनु भएको छ।’

प्रवक्ता श्रेष्ठले सबै रिपोर्ट आएपछि के गर्ने भन्ने बारेमा निर्णय लिइने बताए । प्रधानमन्त्रीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । त्यसपछि फेरि उनी भदौ पाँचमा सिंगापुर गएका थिए ।

त्यहाँ उनको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फोेरेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो । त्यसपछि गत बुधबार ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको दुई पटक डायलासिस गरिएको थियो । उनको अझै डायलासिस गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्‍याली उत्सव

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा

हङकङमा परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री वाङबीच द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको

१५ दिन अगावै नेपाल भित्रियो मनसुन

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट