निवर्तमान सभामुख महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता



काठमाडौं । काठमाडौं जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निवर्तमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो । जुन आज सकिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनासलुको मनोरम दृश्य !

मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस

राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ: नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने

औषधि खरिदमा कमिशन प्रकरणः स्वास्थ्य सेवा विभागलाई देखाउँदै पन्छियो मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप खरिदकाबारेमा सार्वजनिक भएका समाचारमा सत्यता

राष्ट्रियसभा सदस्यका लागि थापा र देवकोटाद्वारा उम्मेदवारी मनोनयन दर्ता

वाग्मती । वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल