प्रधानमन्त्रीलाई भेटेर आएका प्रचण्डले भने–डायलासिस गरेपछि उहाँको स्वास्थ्य सामान्य हुँदै गएको छ



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार दिउँसो भेट गरेका छन् ।

प्रधानमन्त्रीलाई भेटेर फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको बताए । उनले भने,‘डायलसिस भएपछि एकैछिन रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ। आज बालुवाटार जानुहुन्छ।’

डायलसिस गरिसकेपछि उहाँको स्थिति सामान्य हुँदै गएको उनले बताए । प्रधानमन्त्री ओलीलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि अस्पताल पुगेका थिए ।तर उनीहरू भने प्रधानमन्त्रीलाई भेट्न नपाइ फर्किएका थिए ।

प्रधानमन्त्रीको बुधबार पनि डायलासिस गरिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ । रगतमा ’एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुर गएर ’प्लाज्माफेरेसिस’ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हतियार सफा गर्ने क्रममा गोली लागेर चितवनमा एक सैनिक जवानको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको

विद्यालय शिक्षा ऐन जारी गर्न तत्काल विशेष अधिवेशन आह्वान गर्न समाजवादी मोर्चाको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने

काठमाडौं । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित भएको छ। राष्ट्रिय खेलकुद