महाराजगंजबाट पक्राउ परेका २५ जुवाडेलाई सात दिन थुनामा राख्न अनुमति



काठमाडौं । महाराजगञ्जबाट शनिबार राति पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।

तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।

अभियुक्तहरुले प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तर, आइतबार, सोमबार र बुधबार वेग्लावेग्लै निवेदन परेपछि बुधबार अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले सबै निवेदनलाई साथमै राख्न आदेश दिएका थिए । उनीहरुलाई बिहीबार प्रहरीले सर्वोच्चमा उपस्थित गराउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आसामबाट पक्राउ

काठमाडौं । काठमाडौंको तिनकुनेमा चैत १५ गते भएको हिसांत्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं

दिवंगत पत्रकार सुरेश रजकको परिवारको साथमा छौंः प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा चैत्र १५ को

तस्बिरमा हेर्नुस् भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा

भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व

चट्याङ लागेर बाजुरामा छोरीको मृत्यु, आमा घाइते

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको