कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु, कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
कपिलवस्तु । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा स्थानीयबीचको विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ
प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ । बुधकबार साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो।