पूर्वराजाले भने- राजनीतिक परिवर्तनपछि प्रगति र विकास नभए परिवर्तनकर्ता अप्ठ्यारोमा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तन पछि प्रगति र विकास नभए त्यसको अर्थ नहुने बताएका छन् । तिहारको टीका ग्रहणपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले प्रगति र विकास नभए परिवर्तनको कुनै अर्थ नहुने बताएका हुन् ।

उनले त्यस्तो अवस्थामा परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्ने बताए । उनले भने, ‘ परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास । यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अप्ठयारो पर्न सक्छ ।’

लक्ष्मीपूजामा आफूले धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपाली मन पाओस् भनेर आफूले प्रार्थना गरेको बताए । पूर्वराजा शाहले बहिनी शोभासँग भाइटीका लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

लुम्बिनी । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको

अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट

  बाकु, अजरबैजान । अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर

दैलेखको आठविसमा बस दुर्घटना, आठ घाइते

सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा बस दुर्घटना भएको छ । शुक्रबार कालीकोटबाट