प्रधानमन्त्री आउँदा उडान रोकेको भन्दै यात्रुले गरे त्रिभुवन विमानस्थलमा नाराबाजी, फोटोमा हेर्नुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा केहीबेर उडान अवतरण बन्द गरिएको भन्दै यात्रुले विरोध प्रदर्शन गरेका छन् ।

यात्रु चढाएर धावानमार्ग जाँदै गरेको श्रीएयरलाइन्सको जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध जनाएका हुन् ।

स्थिति असामान्य भएपछि प्रहरी नै बोलाउनु परेको थियो । काठमाडौंबाट भद्रपुरको उडान भर्न लागेको विमानका यात्रुहरु भीभीआईपी उडानका कारण दुःख पाएको भन्दै ओर्लिएर विरोध जनाएका हुन् । प्रधानमन्त्री ओली अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

    काठमाडौँ ।  सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका