पूर्वआइजिपी सिंहको निधन



काठमाडौं । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर सिंहको निधन भएको छ।

८३ वर्षीय सिंहको काठमाडौंस्थित ह्याम्स अस्पतालमा बिहीबार निधन भएको हो। फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएका सिंहले करिब चार बर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए।

स्वर्गीय सिंहको शुक्रवार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने बताइएको छ । यसैबीच राष्ट्रिय सरोकार मन्च नेपालले सिंहको निधनमा दुः व्यक्त गरेको छ ।

हार्दिक श्रद्धाञ्जली 
यस राष्ट्रिय सरोकार मन्च नेपालका केन्द्रिय संयोजक महाराज श्री व्याग्र वेदनाथ ( प्रभन्जन बहादुर सिंह ) तथा निरन्जन बहादुर सिंह , छोरीहरू श्रीमती करूणा शाह , श्रीमती भावना शाहका पुज्निय बुवाज्यु तथा केन्द्रीय अध्यक्ष सोम बिक्रम सिंह तथा केन्द्रीय उपाध्यक्ष शित्तल प्रताप सिंहका ठूलो बुवाज्यु भुतपुर्व प्रहरी महानिरिक्षक तथा सामुदायिक प्रहरीको जन्मदाता श्री हेम बहादुर सिंह ( जन्म सन् १९९४ फाल्गुन १ गते ) ८३ बर्षको उमेरमा आज कार्तिक ७ गते ,२०७६ बिहीबार साँझ ८:५३ बजे उपचारको क्रममा मण्डिखेटार स्थित ह्याम्स अस्पताल , काठमाडौंमा स्वर्गबास भएको खवरले हामी धेरै नै दुखित तथा स्तब्ध भएका छौं साथै यस दुःखद खबरले हामीलाई मर्माहित बनाएको छ । उहाँको आत्मको चिर शान्ति र आत्माको वैकुण्ठ बास होस् भनी कामना गर्दछौं । उहाँको आत्माको परमात्मासँग लिन होस् भनी प्रार्थना गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली टक्राउँदछौं । यस दुखद घडीमा मृतकका परिवारलाई हार्दिक समवेदना टक्राउँदै , दुखदायी क्षण तथा पीडामा धैर्य धारण गर्ने क्षमता भगवान् श्री पशुपतिनाथले प्रदान गरून्

सुशील सिंह
कर्मनिष्ठ अभियन्ता तथा केन्द्रिय उपाध्यक्ष
राष्ट्रिय सरोकार मन्च नेपाल परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन आयोगको सुझाव

काठमाडौं । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक: प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको

श्रम र रोजगार प्रवद्र्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम तथा

जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

गण्डकी । सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै