युवतीको बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका लिलाराज गौतमलाई नेपाल ल्याइयो



काठमाडौं । बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका एक नेपाली अभियुक्त अमेरिकामा १९ वर्षपछि पक्राउ परेका छन् । झापा चन्द्रगढी–३ घर भई हाल अमेरिकामा बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।

लिलाराज विरुद्ध २०७४ मंसिरमा रेड नोटिस जारी भएको थियो । गौतमलाई बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको छ । उनी सन् २०१८ फ्रेबुअरी ३ मा अमेरिकामा पक्राउ परेका थिए ।

२०५७ साल असोज २९ गते गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी–३ की एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सर्वोच्च अदालतले ०६६ भदौ १९ गते उनीहरुलाई जन्मकैदको सजाय सुनाएको थियो ।

गौतमलाई आवश्यक कारवाहीको लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी